२९ आश्विन २०८३, बिहिबार

वजन घटाउन यस्तोसम्म गर्दैछन् संसारका सबैभन्दा मोटा मानिस

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वजन कम गर्नको लागि आफ्नै घरमा व्यायाम गर्दै फ्र्याङ्को । तस्वीरः एएफपी

मेक्सिको । आधा टन भन्दा बढि तौल भएका संसारका सबैभन्दा मोटा मानिस अब भने वजन कम गर्ने तरखरमा छन् । मेक्सिकोका जुवान पेड्रो फ्र्याङ्को (Juan Pedro Franco) ५९५ केजीका छन् । ३३ वर्षीय फ्र्याङ्कोलाई गत वर्ष २०१७ मा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्ले विश्वको सबैभन्दा मोटो मानिस भएको घोषणा गरेको थियो । तर अब उनी मेक्सिकोका स्थानीय चिकित्सकहरुको सहायतामा वजन घटाउने प्रयासमा छन् ।

मोटोपनाका कारण २ वर्षदेखि कोठामा मात्रै बस्न बाध्य भएका फ्र्याङ्कोले वजन घटाउन चाहेका हुन् । बीबीसीका लागि नताशा पिज्जी स्लेगर्टले तयार पारेको सर्ट फिल्ममा १७ वर्षको उमेरमा आफू दुर्घटनामा परेर आधा शरीर भाँचिएको र त्यसपछि पूर्ण रुपमा ठीक हुन नसकेको फ्र्याङ्कोले बताएका छन् । तर उनले वजन यति धेरै कसरी बढ्यो भन्ने सन्दर्भमा डाक्टरहरु पनि आश्चर्यमा छन् ।

तस्वीरः एएफपी

मोटाउन थालेपछि फ्र्याङ्कोमा मधुमेह, उच्च रक्तचाप तथा हाइपोथाइरोइडिज्म देखिएको छ । फ्र्याङ्कोले यसअघि पनि आफ्नो वजन घटाउने प्रयास गरेको भएपनि यसपटक अप्रेशनको साहारा लिन लागेको बताएका छन् । एक वर्षअघि फ्र्याङ्को डाक्टरसँग नजिक रहनको लागि घरबाट टाढा बस्न थालेका थिए । डाक्टरहरुकै सल्लाहमा उनले एक तिहाई वजन पनि घटाउन सफल भएका थिए ।

केही डाक्टरहरुले उनको अप्रेशन गर्न इन्कार गरेको भएपनि अन्ततः उनको अप्रेशन ३० जनाको प्रोफेशनल टिमले निशुल्क गरिदिने भएको छ ।