३० आश्विन २०८३, शुक्रबार

नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः रोयटर्स ।

इस्लामावाद, १० फागुन । पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहीरहन नमिल्ने फैसला सुनाएको छ । सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन)को अध्यक्षका रुपमा उनले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ ।

स्थानीय सञ्चारमाध्यम उर्दु दुन्या टीभीका अनुसार यो फैसला गर्ने तीन जना न्यायाधीश रहेको सर्वोच्च अदालतको बेन्चको नेतृत्व पाकिस्तानका प्रधान न्यायाधीश मेन साक्विब निसारले गरेका थिए । जेलमा राखिएका कुनै पनि व्यक्तिले कुनै पनि आधिकारीक दस्तावेजहरुमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सरिफले अध्यक्षका रुपमा औपचारिक रुपमा कुनै पनि निर्णय गर्न र अध्यक्षका रुपमा काम गरिरहन नमिल्ने प्रधान न्यायाधीश निसारले तर्क गरे ।

यसअघि गत वर्ष पनि पुनरावेदन अदालतले सरिफलाई भ्रष्टाचार मुद्दामा अयोग्य ठहर गरिसकेको थियो । पुनरावेदन अदालतको निर्णयले आउँदो मार्च ३ मा हुने पाकिस्तानी सिनेटको निर्वाचनलाई पनि प्रभावित पार्ने बताइएको छ । –रासस/सिन्ह्वा