
काठमाडौ, २४ मंसिर । सार्क शिखर सम्मेलन सकिए लगत्तै राजदुतहरु नियुक्ती भएको छ ।
राजदूत नियुक्ति सँगै परराष्ट्र मन्त्रालयको महाशाखा सहसचिवको नेतृत्वमा नहुने अवस्था आएको छ ।
एक महिनामा महाशाखा परिवर्तन गर्न पर्ने भएको छ ।
तीन दिन अघिमात्र महाशाखा परिवर्नत गर्न मन्त्रालय प्रशासन बाध्य भएको छ ।
छिमेकी मलुक भारत र अन्य दक्षिण एसिायली मुलुक समेत हेर्ने भएकोले सबैभन्दा महत्वपूर्ण मानिएको दक्षिण एसिया महाशाखा प्रमुखमा प्रकाश सुवेदी तोकिएका छन ।
उनी यसअघि मध्य पश्चिम एसिया र अफ्रिका महाशाखा हेर्थे भने त्यो भन्दा अघि प्रशासन प्रमुख पनि थिए ।
त्यस्तै उत्तरी छिमेकी चीन, दातृ मुलुक जापान समेत हेर्ने उत्तरपूर्वी एसिया महाशाखामा छविन्द्र अर्याल आएका छन् ।
उनी यसअघि ओमानमा रहेको दूतवासको प्रमुख थिए भने फर्के लगत्तै दक्षिण पूर्वी एसिया र प्यासिफीक महाशाखाको जिम्मेवारी पाएका थिए ।
सार्क र विमस्टेक हेर्ने क्षेत्रीय संगठन महाशाखामा भने राहदानी विभागबाट मन्त्रालय आएका रमेशप्रसाद खनालले हेर्ने भएका छन् ।
उनले यसअघि भारत समेत हेर्ने गरि सार्क महाशाखा सम्हाली सकेको अनुभव रहेको र शिखर सम्मेलनको समयमा पनि राजनीतिक मामिला अन्तरगतको रिट्रिटको जिम्मेवारी लिएका उनीलाई यो महाशाखा दिइएको हो ।
आगामी २०१५ मा विमस्टेकको शिखर सम्मेलन नेपालमा गर्न पर्ने भएकाले पनि उनलाई यो महाशाखाको जिम्मेवारी तोकेको हो ।
मन्त्रालयमा भएको खिंचातानीको कारण बरिष्ठ हुँदाहुँदै पनि राजदूतमा नियुक्त हुन नसकेका खनाललाई एमआरपीबाट आएलगत्तै युरोप अमेरिका महाशाखा प्रमुख दिइएको थियो ।
उनले नियुक्तिको सिफरिसमा असन्तुष्टि राखेर केही समय विदा समेत बसेका थिए ।
यूरोप अमेरिका महाशाखा र आर्थिक कूटनीतिक तथा गैर आवसिय नेपाली हर्ने दुई महाशाखा निर्मल काफ्लेको जिम्मामा छ ।
राष्ट्रसंघ तथा अन्तराष्ट्रि संगठन महाशाखाको प्रमुखमा ताराप्रसाद पोखरेल छन् ।
अन्य सबै राजदूत नियुक्त भएपछि बरिष्ठतामा सचिव पछि रहने हुनाले प्रवक्ता समेत बन्नेछन ।
मन्त्रालयमा बरिष्टतामा दोस्रो रहने ब्यक्ति प्रवक्ता बनाउने प्रचलन रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
मध्य पश्चिम एसिया र अफ्रिका महाशाखा प्रमुखमा अर्जुनकान्त मैनाली छन भने प्रशासन महाशाखामा प्रमुखमा दुर्गाबहादुर क्षेत्री (दुवसु) रहेका छन् ।
शिष्टाचार महाशाखा खाली छ भने नीति तथा योजना महाशाखा पनि प्रस्तावित राजदुत खगनाथ अधिकारीको एग्रिमो आएलगत्तै खाली हुने अवस्था छ ।
ती महाशाखाको लागि सहसचिव अपुग हुने प्रवक्ता अधिकारीले बताए ।
सहसचिव दरबन्दी रहेको बेइजिङ खाली छ भने कन्सुलर विभाग पनि कार्यकारी महानिर्देशकको जिम्मामा रहेको छ ।
मन्त्रालयबाट छ जना राजदूत नियुक्तिको सिफारिस भएकोमा पाचको नियुक्ति भइसकेको छ भने एकको प्रक्रियामा रहेकाले अहिले मन्त्रालयमा महाशाखा नेतृत्व विहिन हुनेछ ।
महाशाखा बृद्धि गर्दा यस्तो समस्या आएको अधिकारीहरुले बताएका छन् ।
नीति तथा योजना महाशाखा गाभ्नपर्ने सुझाव आइरहेकोले त्यसमा मन्त्रालयले गृहकार्य भने गरिरहेको उच्चअधिकारीले बताए ।















प्रतिक्रिया