१ कार्तिक २०८३, शनिबार

कुरा मिलेकै हो त ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Neta-Haru-Ko-Meetingकाठमाडौ, २४ मंसिर । प्रमुख चार राजनीतिक पक्षबीच प्रदेश सभाको नाम र निर्वाचन प्रणालीका बिषयमा सैैद्धान्तिक समझदारी जुटेको छ ।

प्रदेशको संख्या र त्यसको भगौलिक विभाजनका बारे भने सहमति हुन बाँकी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको दुई चरणको शीर्ष तहको बैठकमा प्रदेशको नाममा सहमति जुट्न गाह्रो देखेपछि नेताहरु सम्बन्धित प्रदेश सभालाई नै जिम्मा लगाउने गरी समझदारी गर्न सहमत भएका हुन ।

संघीयतामा दलहरुबीच संख्या र नाममा मुख्य विवाद रहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

कांग्रेस, एमाले, एमाओवादी र मधेशी मोर्चाका शीर्ष नेताको बैठकले हालकै मिश्रति निर्वाचन प्रणालीअन्तर्गत समानुपातिक र प्रत्यक्षतर्फ संख्या थपघट गरी समझदारी गर्ने पक्षमा नेताहरु पुगेको उच्च स्रोतको भनाइ छ ।

बैठकमा कांग्रेस र एमालेले समावेशी उम्मेदवार दिएर पूर्ण प्रत्यक्ष निर्वाचन प्रणालीमा जाने प्रस्ताव गरेका थिए ।

त्यसमा एमाओवादी र मधेशी मोर्चाले नमानेपछि हालकै मिश्रति प्रणालीमा प्रतिशत थप घट गरेर जान सकिने सहमति बनेको हो ।

कति प्रतिशत प्रत्यक्ष र कति प्रतिशत समानुपातिक भन्ने विषयमा भने कुरा मिलेको छैन ।

कांग्रेस, एमालेको समानुपातिक प्रतिशत कम बनाउनुपर्ने र एमाओवादी, मधेशी मोर्चाको बढी हुनुपर्ने तर्क छ ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले माघ ८ मै संविधान जारी गर्ने गरी गंभीर छलफल भइरहेको बताए ।

‘मधेशी मोर्चासहितको चार राजनीतिक पक्षको बैठकमा गंभीर र सकरात्मक छलफल भएको छ,’ उनले बैठकपछि  भने, ‘माघ ८ मा संविधान जारी गर्ने गरी प्रयास भइरहेको छ ।’

उनले सहमति नहुदासम्म बैठक निरन्तर हुने जानकारी दिदै आफू आशावादी भएको बताए ।

‘चारै पक्षले आ-आफ्ना कुरा खुलस्त राखेका छौ ।

संघीयतालगायत प्रमुख बिषयमा राम्रो छलफल भए पनि निश्कर्षमा नपुगेको उनको भनाइ छ ।

शासकीय स्वरुपमा भने मंगलबार छलफल भएन ।