काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री सुशील कोइरालाले विभेदको अन्त्य, आत्मसम्मानको प्रत्याभूति र समावेशी विकासद्वारा मानव अधिकार सुनिश्चित गर्ने तर्फ सरकार क्रियाशील रहँदै आएको बताउनु भएको छ ।
विश्व मानव अधिकार दिवस २०१४ का अवसरमा शुभकामाना दिदैँ उहाँले यस्तो बताउनु भएको हो ।
‘विभेद र जोखिममा परेका, कमजोर अवस्थामा रहेका र शोषित तथा सीमान्तकृत वर्ग तथा समुदाय लगायत सबै व्यक्तिको अधिकारको संरक्षणमा सरकारको प्राथमिक दायित्व हुने कुरामा हामी सजग छौ,’ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ,’ ‘मानव अधिकारको उल्लङ्घन हुन नदिन र उल्लङ्घन भई हाले पनि घटनाको अनुसन्धान गरी दोषीलाई कानूनको दायरामा ल्याउन र पीडितलाई न्याय दिलाउन सरकार प्रतिवद्ध छ ।’
मानव अधिकार संरक्षण तथा प्रबद्र्धनको प्राथमिक जिम्मेवारी सरकारको भएको भन्दै उहाँले मानव अधिकार मैत्री संस्कृतिको निर्माण गरी संस्थागत गर्न समाजका सबै क्षेत्र र वर्गहरुसँग सहकार्य र सहयोगको आग्रह गर्नु भएको छ ।















प्रतिक्रिया