७ कार्तिक २०८३, शनिबार

सशस्त्र द्वन्द्वमा महिलामाथि भएको यौनजन्य हिंसा अमानवीय र नृशंसः शर्मा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anup-raj-sharmaकाठमाडौँ, २३ मंसिर । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले सशस्त्र द्वन्द्वमा महिलामाथि भएको यौनजन्य हिंसाले नेपालीहरूको शिर निहुरिएको बताउनु भएको छ ।

आयोगमा आयोजित एक कार्यक्रमा सशस्त्र द्वन्द्वका समयमा यौन हिंसामा परेका चारजना महिलाको वेदनापूर्ण भनाइ सुनेपछि उहाँले त्यस्तो बताउनु भएको हो ।

महिला हिंसा अन्त्य गर्ने दिशा कार्यरत स्वदेशी तथा विदेशी अभियन्ता र ज्ञाताहरू सम्मिलित ‘जुरी’ समक्ष ती महिलाहरूले आफ्नो भनाइ राखेका थिए ।

अध्यक्ष शर्माले सशस्त्र द्वन्द्वकालमा भएका यौनजन्य हिंसालाई अमानवीय र नृशंस व्यवहारको रूपमा चित्रण गर्दै त्यसमा संलग्न व्यक्तिहरूलाई कुनै पनि बहानामा कानुनी कारबाहीबाट उम्कन दिन नहुने आवश्यकता औंल्याउनुभयो ।

यौन हिंसामा परेका महिलाहरूको भनाइ सुनेपछि ‘जुरी’ ले सरकारले उनीहरूलाई मनोसामाजिक परामर्श उपलब्ध गराउनुपर्ने, उनीहरूको जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने, आयोगले त्यस्ता घटनाहरूको अनुसन्धान गर्नुपर्ने, यौन हिंसामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्नका लागि कानुनमा रहेका अप्ठेराहरू फुकाउनुपर्ने लगायतका विषयमा सिफारिस गरेको छ ।