७ कार्तिक २०८३, शनिबार

प्रक्रियाबाटै भए पनि माघ ८ मा संविधान जारी गर्ने काँग्रेस र एमालेको अडान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

3-dal1काठमाडौँ, २३ मंसिर । विभिन्न राजनीतिक दलका नेताले सकेसम्म सहमति नभए प्रक्रियाबाट भए पनि निर्धारित समय आगामी माघ ८ मा संविधान जारी गर्नुपर्ने दोहोर्‍याउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा नेपाली काँग्रेसका प्रवक्ता दिलेन्द्रप्रसाद बडुले संविधानका विवादित विषयमा सहमति गर्ने वा प्रक्रियाका लागि सहमति गर्ने भन्नेबारेमा  बिहीबारभित्र टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयोे ।

नेकपा एमालेका सचिव प्रदीपकुमार ज्ञवालीले पहिलो प्राथमिकता सहमति, त्यसपछि प्रक्रियाका निम्ति सहमति नभए संविधानका विवादित विषयलाई पछि टुङ्गो लगाउने गरी यथावत् राखेर भए पनि माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिनुभयो ।

एमाओवादी नेता अग्निप्रसाद सापकोटाले काँग्रेस र एमालेले सङ्घीयताको विषयमा राखेको सात प्रदेशको प्रस्ताव आदिवासी जनजाति, मधेसी तथा उत्पीडनमा पारिएको समुदायको पक्षमा नभएको जिकिर गर्नुभयो ।

मधेसी जनअधिकार फोरम नेपालका नेता शिवजी यादवले दलहरुको अहिलेको अवस्थालाई हेर्दा माघ ८ मा संविधान आउने सम्भावना कम हुँदै गएको छ भन्नुभयो ।