३० आश्विन २०८३, शुक्रबार

इरान विश्वका लागि खतरा

728
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

म्युनिक, जर्मनी, ७ फागुन । ‘इरान विश्वको लागि खतरा’ भएको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले म्युनिक सुरक्षा सम्मेलन (एमएस्सी)मा बोल्नुहुँदै आइतबार बताउनुभएको छ ।

नेतन्याहुको भनाइलाई उद्धृत गर्दै जेरुसेलम पोष्टले लेखेको छ, “हामीले कहिल्यै पनि ऐतिहासिक सत्यलाई पुनःलेखन गर्न दिने छैनौ । विश्वका लागि इरान खतरा भएको छ तर यो मेरो धारणा हो । एक पटक आणविक हतियारबाट सुसज्जित भएपछि इरानको आक्रामकतालाई नियन्त्रण गर्न सकिने छैन र यसले विश्वमा खतरा निम्त्याउने छ । ”

पहिलो पटक म्युनिक सम्मेलनलाई सम्बोधन गर्दै नेतन्याहुले भन्नुभयो, “आवश्यक परेमा इजरायल इरानका मध्यपूर्वका सहयोगीलाई मात्र होइन कि इरानविरुद्ध नै खरो उत्रने छ ।”

इरानसँगको सन् २०१५ को आणविक सम्झौताको कट्टर आलोचक नेतन्याहुले जर्मनीको नाजी समूहसँग भएको असफल प्रयास, जसलाई सन् १९३८ को म्युनिक सम्झौता भनिन्छ, इरानसँगको सम्झौता पनि उस्तै (समानान्तर) भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “इरानसँग भएको आणविक सम्झौताले यस क्षेत्रमा र छिमेकमा पनि खतरनाक इरानी बाघलाई खुला गरिदिएको छ । इरानले मध्यपूर्वको ठूलो क्षेत्रलाई विनासको बाटोमा हिँडाइरहेको छ ।”

आयातकार गाढा हरियो धातु जसलाई इजरायली प्रधानमन्त्री नेतन्याहुले इरानी चालकविहिन युद्धकविमान (ड्रोन) भन्नुहँुदै यदि इजरायलले उक्त विमानलाई नखसालिदिएको भए के हुने थियो भन्ने प्रश्न गर्नुभयो । इजरायलले करिब एक हप्ता पहिले उक्त ड्रोनलाई खसालिदिएको थियो ।

विमानको ध्वस्त भएको भागको तस्वीरलाई देखाउँदै नेतन्याहुले सम्मेलनमा सहभागी इरानी विदेशमन्त्री मोहम्मद जाविदलाई सोध्नुभयो, “के तपाईं यसलाई चिन्नुहुन्छ ? तपाईँले चिन्नुपर्छ, यो तपाईँकै हो ।”

“इजरायलले आतङ्कवादको जाललाई हाम्रो घाँटीमा फाल्न दिँनेछैन,” इजरायली प्रधानमन्त्रीले भन्नुभयो ।

इजरायली वायुसेनाले इजरायली आकाशमा प्रवेश गरेको इरानी ड्रोनलाई आकासमा नै नस्ट गरिदिएपछि प्रत्युत्तरमा इरानले इजरायली एफ–१६ लाई खसालेको थियो यसका कारण इजरायल तथा सिरिया तथा इरानबीचको तनाव थप चर्किएको थियो । – एएनआई