३० आश्विन २०८३, शुक्रबार

अमेरिकामा विद्यार्थीहरुले गरे बन्दुक नियन्त्रणको माग

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः रोयटर्स ।

फ्लोरिडा, ७ फागुन । अमेरिकाका विद्यार्थीहरुले बन्दुक नियन्त्रको लागि कडा कानुन ल्याउन माग गरेका छन् । गत साता फ्लारिडामा भएको अमेरिकाको इतिहासमा नै स्कुल गोली काण्डबाट त्रसित विद्यार्थीहरुले बन्दुक नियन्त्रणको लागि कडा कदम चाल्न माग गरेका हुन् ।

फ्लोरिडाका अधिकारीहरु गोलीकाण्ड भएको स्कुल कहिलेबाट शुचारु गर्ने भन्नतर्फ चिन्तित भइरहेको बेला देशभरका विद्यार्थीहरुले आइतबार बन्दुक नियन्त्रणको लागि दबाब दिएका हुन् । गोलीकाण्डको घटना भएको मार्जोरी स्टोनम्यान मगलास हाई स्कुलका विद्यार्थीहरुले सामाजिक सञ्जालमार्फत ¥याली, वासिङटन मार्च, नेशनल वाक–आउट जस्ता विभिन्न दबाबमुलक कार्यक्रमहरु गर्ने योजना बनाएका छन् ।

पाकाहरुको ध्यान आकृष्ट गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरुको आयोजना गर्न लागिएको बताइएको छ । गत साता फ्लोरिडाको सो स्कुलमा सोही स्कुलका पूर्वविद्यार्थीले गोली गानी १७ जना विद्यार्थीको हत्या गरेका थिए । –रोयटर्स