३० आश्विन २०८३, शुक्रबार

वैवाहिक भोजमा भएको विष्पोटमा परी मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

5.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत, ६ फागुन । भारतको पश्चिमी राज्य राजस्थानको बेअवर शहरमा गत शुक्रबार एक वैवाहिक भोज चलिरहेका बेला भएको विष्फाेटमा परी हराएका थप नौ जनाको मृत शरीरलाई आइतबार उद्धार गरिएको भारतीय अधिकारीले जनाएका छन् । उक्त वैवाहिक समारोहमा सहभागीमध्ये नौ जनाको मृत शरीरलाई घटनास्थलबाट शनिवार साँझसम्म उद्धार गरिएको थियो ।

राति वैवाहिक भोज चलिरहेका समय ग्यास सिलिण्डर विष्पोट हुँदा भोजस्थान भइरहेको भवन भत्किनुका साथै ठूलो आगलागी भएको थियो । भारतीय सेनाको सहयोगमा जारी उद्धारका क्रममा महिला तथा बालबालिकासहित थप नौ जनाको मृत शरीर भग्नावशेषभित्रबाट निकालिएको छ । “अहिले (आइतबार अपरान्ह)सम्म घटनास्थलबाट १८ शव निकालिएको छ,” अजमरका वरिष्ठ प्रशासकीय अधिकारी गौरव गोयलले भने ।

घटनास्थलबाट पाँच जनालाई आगोले पोलेर गम्भीर घाइते भएको अवस्थामा उद्धार गरिएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको गोयलले बताए । घटनास्थल राजस्थान राज्यको राजधानी जयपुरबाट २०० किलोमिटर टाढा पर्छ । विस्पोटका कारण तीनतले भवन पूर्णतया क्षतिग्रस्त भएको छ ।

राजस्थानका मुख्यमन्त्री बसुन्धरा राजेले विस्पोटमा घाइते भई अस्पतालमा उपचाररत सबै विरामीलाई शनिबार साँझ नै भेटेका थिए । उनले मृतकका परिवारलाई प्रतिव्यक्ति दुई लाख बराबरको क्षतिपूर्तिको घोषणा गरेका छन् । भारतमा खाना पकाउने ग्यास प्रयोगमा आवश्यक सुरक्षा नअपनाइदा पटक पटक यस्ता विष्पोटका घटना हुनेगरेका छन् । यद्यपि विस्पोटका कारण ठूलो सङ्ख्यामा नागरिकले ज्यान गुमाएका घटना भने कम सुनिने गरेको छ । –रासस/एएफपी