३० आश्विन २०८३, शुक्रबार

मेक्सीकोको भूकम्प प्रभावित क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा १३ को मृत्यु

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तस्वीरः मारियो भाजक्वेज/गेट्टी इमेज

मेक्सीको, ६ फागुन । मेक्सीकोको दक्षिणी क्षेत्रमा एकजना मन्त्रीसमेत सवार हेलिकोप्टर शनिबार दुर्घटना हुँदा त्यसमा रहेका १३ जनाको मृत्यु भएको छ ।

मेक्सीकोमा गएको शक्तिशाली भूकम्पको केन्द्रविन्दुतर्फ गइरहेका बेला दुर्घटना भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । ओक्साका राज्यको स्यान्टियागो जामिल्टेपेकमा हेलिकोप्टर दुर्घटना भएको थियाे ।

गत शुक्रबार अवेर राति ७.२ म्याग्नीच्युडको भूकम्प जाँदा ठूलो मात्रामा भौतिक क्षति भएको छ । दुर्घटनामा परी पाँच महिला, चार पुरुष र तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको ओक्साकाका अधिकारीहरुले बताएका छन् ।

युएच—६० ब्ल्याक हक नामक सो सैन्य हेलिकोप्टरमा मेक्सिकोका आन्तरिक मामिलासम्बन्धी मन्त्री अल्फोन्सो नाभर्रेटे र ओक्साका राज्यका गभर्नर अलेजान्द्रो मुरात पनि रहेका थिए । तर मन्त्री र गभर्नर भने सकुशल रहेकाे सो मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
भूकम्पका कारण सो क्षेत्रमा ५० ओटा घरसँगै सभाहल र केही चर्च पनि ध्वस्त भएका छन् । तर अहिलेसम्म मानवीय क्षतिको खवर भने आएको छैन ।

ओक्साका राज्यका अधिकारीहरुले भूकम्प प्रभावितहरुका लागि शिविरहरु स्थापना गरेका छन् भने उनीहरुलाई आपतकालिन सहयोगका लागि झण्डै छ हजार सैनिक र प्रहरी पनि परिचालन गरिएको छ । –रासस/एएफपी