३० आश्विन २०८३, शुक्रबार

अफगान सेनाको हवाई कारबाहीबाट कान्दाहारमा ३६ तालिबान लडाकू मारिए

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर ।

अफगानिस्तान, ६ फागुन । अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा जनाइएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको मियावान्द जिल्लामा सो कारबाही भएको हो । उक्त स्थानमा लुकरे बसेका तालिबानका विरुद्ध अफगान सेनाले हवाई कारबाही गरेको थियो । शनिबार बिहानैदेखि अफगानिस्तानको सेनाको नेतृत्वमा भएको सो कारबाहीमा परी ३६ जना तालिबान सशस्त्र लडाकू मारिएका र त्यस कारबाहीमा अरु दर्जनौँ घाइते भएका पनि सो समाचारमा जनाइएको छ ।

कान्दाहार प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल रजाकका अनुसार शनिबार साँझ मियावान्द जिल्लामा जारी राखिएको कारबाहीका क्रममा ३६ जना तालिबान मारिएका समाचारमा जनाइएको छ । प्रहरी प्रमुख रजाककाअनुसार त्यस कारबाहीकाक्रममा आतंककारीहरु लुकेर बस्ने गरेका आश्रयस्थल ध्वस्त बनाई त्यहाँ राखिएका हतियारहरु पनि बरामद गरिएको छ ।

सो क्षेत्रमा तालिबान लडाकूहरुको बाक्लो उपस्थिति रहेको बताइएको थियो । तालिबानले केही समयअघि सो क्षेत्रमा गरेको आत्मघाती आक्रमणमा परी केही सुरक्षाकर्मी पनि मारिएका थिए । उनीहरु लुकेर बसेको सूचनाका आधारमा सेनाले बिगत केही समयदेखि यहाँ कारबाही जारी राखेको छ । यस कारबाहीकाक्रममा सुरक्षाकर्मीतर्फ भने कुनै क्षति भएको छैन । –रासस/सिन्ह्वा