१ कार्तिक २०८३, आइतबार

कुङफुमा सुनबहादुर र पुनम उकृष्ट खेलाडी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ फागुन । बुढानीलकण्ठका सुनबहादुर तामाङ र ताकेश्वरकी पुनम मगर राष्ट्रिय खुला उमा कुङफु प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

उमा कुङफु संघ नेपालद्वारा आयोजित प्रतियोगिताअन्तर्गत पुरुषको २०–२५ केजीमा तार्केश्वरका युजिन महर्जन, २५–३० केजीमा जोरपाटीका निरज बमजन, ३०–३५ केजीमा जोरपाटीका अनिश कुशुवार, ३५–४० केजीमा ताकेश्वरका मनोज घले, ४०–४५ केजीमा जोरपाटीका बुद्धिमान तामाङ, ४५–५० बुढानीलकण्ठका सुनबहादुर तामाङ तथा ५०–५५ केजीमा तार्केश्वरका यमबहादुर गुरुङले स्वर्ण जिते ।

त्यस्तै महिला २०–२५ केजीमा बुढानीलकण्ठकी सौन्दर्य गुरुङ, २५–३० केजीमा जोरपाटीकी सनिला तामाङ, ३०–३५ केजीमा तार्केश्वरकी कृपा पौडेल, ३५–४० केजीमा जोरपाटीकी सुनीता श्रेष्ठ, ४०–४५ केजीमा जोरपाटीकी रमिता थिङ, ४५–५० केजीमा जोरपाटीकी सिरिषा खनाल तथा खुलामा रसुवाकी सुनीता अधिकारी पहिलो भए ।

उमा कुङफु संघका सचिव समेत आईकेएफ डेपुटी चेयरम्यान एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, उमा कुङफु संघका सदस्य एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जित राई तथा सिनियर खेलाडी एवं रेफ्री भूपेन्द्र गुरुङको जुरी मण्डलले प्रतियोगिता सञ्चालन गरेका थियो ।

विजेतालाई सांसद मोहन आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृ गरे । त्यसअघि निवर्तमान रक्षा मन्त्री भीमसेनदास प्रधानले प्रतियोगिताको उद्घाटन गरेका थिए ।

एकदिने प्रतियोगितामा विभिन्न ११ जिल्लाका ७५ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक रमेश महर्जनले जनाएका छन् ।