७ कार्तिक २०८३, शनिबार

एमालेको आन्तरिक एकता पहिलो र अनिवार्य शर्तः योगेश भट्टराई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yogesh-bhattariकाठमाडौँ, २३ मंसिर । नेकपा एमालेका सचिव योगेश भट्टराईले मुलुकको गम्भीर संकटलाई पार लगाउँन सबै भन्दा पहिला पार्टीको आन्तरिक एकता अनिवार्य शर्त भएको बताउनु भएको छ ।

‘यतिबेला नेपाल राष्ट्र गम्भीर संकटमा छ, सहमतिका साथमा संकटको समाधान गरी मुलुकलाई अग्रगति  दिने कामको अगुवाई नेकपा एमालेले गर्नुपर्ने छ,’ पार्टीको जारी केन्द्रीय कमिटि बैठकप्रति लक्षित गर्दै सचिव भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा भन्नुभएको छ, ‘यसका लागि आफ्नै पार्टीको आन्तरिक एकता पहिलो र अनिवार्य शर्त हो ।’

उहाँले पार्टी केन्द्रीय कमिटीको जारी बैठकमा सबै मिलेर उक्त विषयमा सार्थक पहल गर्न पनि आग्रह गर्नुभएको छ ।