७ कार्तिक २०८३, शनिबार

शुक्लाफाँटा वन्यजन्तु आरक्षको जंगलमै यसरी रात बिताए आठ बालिकाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bayarकञ्चनपुर, २३ मंसिर । बयर खान भनेर शुक्लाफाँटा वन्यजन्तु आरक्षभित्र छिरेका भीमदत्तनगरपालिका–१९ बागफाँटाका आठ बालिका भेटिएका छन् ।

बयर खोज्ने भन्दै शुक्लाफाँटा वन्यजन्तु आरक्षमा छिरेका उनीहरु  सोमबार दिउँसोदेखि बेपत्ता थिए ।   सोमबार दिउँसो २ बजे विद्यालयबाट घर फर्कदाँ बेपत्ता भएका ती बालिका मंगलबार विहान भेटिएका हुन् ।

उनीहरुलाई पिप्रैयास्थित नेपाली सेनाको चेकपोष्टले फेला पारेको हो । सबै बालिका सकुशल रहेको र उनीहरुलाई अभिभावकको जिम्मा लगाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालय कन्चनपुरले जानकारी दिएको छ ।

उनीहरु मंगलबार विहान सेनाको सम्पर्कमा आएका थिए ।  सेनालाई बालिकाहरुले बाटो बिराएर आफूहरु घर फर्किन नसकेको बताएका थिए ।  उनीहरुले जंगलमै रात बिताएका थिए । बालिकाहरु कक्षा १ देखि ५ मा पढ्ने सातदेखि ११ वर्ष उमेर समुहका छन् ।