वासिङटन, ४ फागुन । अमेरिकामा डिभी चिठ्ठा कार्यक्रम खारेज गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयास असफल भएको छ । अमेरिकी संसदमा पेश गरिएका डिभी चिठ्ठालगायतका चार विधेयक संसदले अस्वीकृत गरिदिएको हो ।
डिभी चिठ्ठा बन्द गर्ने, युवा आप्रवासन, सीमा सुरक्षालगायत विधेयक अमेरिकाको माथिल्लो सदन सिनेटले अस्वीकार गरिदिएको समाचारमा उल्लेख गरिएको छ ।
डिभीमार्फत हरेक वर्ष ५० हजारजना अमेरिका जान गरेका छन् । जसमा नेपालीहरुको संख्या पनि अत्याधिक छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा कार्यक्रमको विराध गर्दै यसको खारेज गर्नुपर्ने बताउँदै आएका छन् । –एजेन्सीको सहयोगमा















प्रतिक्रिया