अमेरिका । ओलम्पीक गोल्ड मेडलिष्ट एली रेइजमेनले स्पोर्ट इल्युस्ट्रेटेड नामक म्यागेजिनको लागि न्युड तस्वीर खिचाएकी छिन् । एलीले स्पोर्ट इल्युस्ट्रेटेडको ‘इन हर वन वर्ड्स’ नामक फ्रान्चाइसको लागि न्युड तस्वीर खिचाएकी हुन् ।
एलीले महिला सशक्तिकरणलाई बढावा दिनको लागि उनले न्युड तस्वीर खिचाएकी हुन् । उनले न्युड तस्वीर मात्रै खिचाइनन् तर आफ्नो शरीरमा उत्प्रेरणाजनक भनाइहरुमार्फत अन्य महिलाहरुलाई हौसला दिने काशिस पनि गरेकी छिन् । उनले ‘आफ्नो शरीरप्रति गर्व गर’ भन्ने प्रेरणा महिलाहरुमा छर्न यसमा सहभागी भएको बताएकी छिन् । ‘इन हर वन वर्ड्स’ प्रोजेक्टमार्फत विभिन्न मोडल, नायिका तथा खेलाडीहरुले महिला सशक्तिकरणको लागि नाङ्गो शरीरमा विभिन्न कुराहरु लेखेर शन्देस प्रदान गरेका छन् ।
एली यौन हिंसा पीडित पनि हुन् । अमेरिकाका पूर्व जिम्नाष्टिक्स डाक्टर ल्यारी नेसरले उनलाई यौन दुर्व्यवहार गरेका थिए । यो मुद्दामा अदालतले ल्यारीलाई जन्म कैदको फैसला सुनाएको थियो ।
उनको शरीरमा ‘आफूले आफूलाई विश्वास गर (Trust Yourself)’, ‘आफ्नो लागि बाँच (Live for you)’, ‘दुर्व्यवहार ठीक होइन (Abuse is never okay)’ जस्ता महिला सशक्तिकरणमा बढावा दिने शब्दहरु लेखाएका छन् । एली रेइजमेन अमेरिकन जिम्नाष्ट तथा ओलम्पियन हुन् । उनले २०१२ को लण्डन ओलम्पीकमा दुईवटा तथा २०१६ को रियो ओलम्पीकमा एउटा गोल्ड मेडल जितेकी छिन् । –एजेन्सीको सहयोगमा





















प्रतिक्रिया