१ कार्तिक २०८३, शनिबार

गैरकानुनी रुपमा बसेका विदेशी नागरिकमाथि निगरानी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepalpolice_902412077काठमाडौं, २३ मंसिर । गृह मन्त्रालयले नेपालमा गैरकानुनी रूपमा बस्दै आएका विदेशी नागरिकमाथि कडाइ गर्ने भएको छ। ।

पर्यटक भिसामा आएर विभिन्न गैरसरकारी संस्थामा काम गर्ने र भिसा अवधि सकिएपछि पनि लुकीछिपी बस्ने विदेशीलाई पक्राउ गरी फिर्ता गर्ने गृहको तयारी छ।

मन्त्रालयले तयार पारेको गृह प्रशासन सुधार एवं सुदृढीकरण कार्ययोजना २०७१ मा पर्यटक भिसामा नेपाल आउने र विभिन्न संस्थामा आबद्ध भएर काम गर्ने प्रवृत्ति अन्त्य गर्न गैरकानुनी रूपमा बस्दै आएका विदेशीमाथि कडाइ गर्ने उल्लेख छ।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले पर्यटक भिसामा आएर काम गर्ने र भिसा सकिएपछि पनि यहीं बसोवास गर्दै आएका विदेशीको खोजी गरिने बताए।

अहिले पनि गैरकानुनी ढंगले बसेका विदेशीलाई फर्काइरहेका छौुं, उनले भने, अब त्यस्ता विदेशीमाथि थप अनुगमन गर्छौं।

नेपालमा कति विदेशी गैरकानुनी रूपमा बसेका छन् भन्ने यकिन तथ्यांक कुनै निकायसँग छैन।

गृहले बनाएको कार्ययोजनामा विदेशीलाई नियमन गर्नेबारे गृह मन्त्रालय, अध्यागमन विभाग र सुरक्षाकर्मीबीच सूचना तथा समन्वय अभावले अवैध रूपमा बसेका विदेशीमाथि अनुगमन गर्न कठिनाइ भएको उल्लेख छ।

ठमेल, पोखरालगायतका पर्यटकीय स्थानमा धेरैजसो विदेशी गैरकानुनी रूपले लुकीछिपी बस्दै आएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

विदेशीको आवागमन सम्बन्धमा सुदृढ अध्यागमन सूचना प्रणाली स्थापित नगरेसम्म कति विदेशी गैरकानुनी ढंगले बसेका छन् भन्ने यकिन तथ्यांक आउन नसक्ने सम्बद्ध अधिकारीले बताए।

विदेशीलाई नियमन गर्ने विषयमा गृह मन्त्रालयका निकायबीच सूचना संयन्त्र अभाव छ।

पर्यटक भिसामा आएर विभिन्न स्थानमा काम गर्दै आएका विदेशीबारे गृहले समेत नियमन गर्न सकेको छैन।

विकसित देशका अध्यागमन कार्यालयले विमानस्थलबाट ओर्लेपछि यात्रु बस्ने होटेल, भ्रमणको उद्देश्यलगायत यकिन गरेपछि मात्र अराइभल अनुमति प्रदान गर्छन्।