१ कार्तिक २०८३, आइतबार

ऋृतु महासेठको हत्या दोषी खोज्न प्रहरीलाई हम्मेहम्मे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ मंसिर । साथीको बिहेमा गईरहेकी युवतीलाई छुरा प्रहार गरी हत्या गर्ने अझै पक्राउ परेका छैनन् ।

जनकपुर घर भएर मैतीदेवीमा होस्टल बस्दै आएकी २० वर्षीया ऋतु महासेठलाई शनिबार दिउसो छुरा हान्ने पक्राउ पर्न नसकेका हुन् ।

कान्तिपुर कलेजमा पढै आएकी उनलाई सडकमा एक युवकले अन्धाधुन्द छुरा हानेर फरार भएका थिए ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी अपराध महाशाखाले महासेठका साथीहरुलाई महाशाखा बोलाएर सोधपुछ गरिरहेको छ ।

होस्टल, क्याम्पस र फेसबुका साथीहरुलाई समेत डाकेर अनुसन्धान गरिरहेको छ ।

शनिबारको दिन युवती त्यहि बाटो, त्यहि समयमा आउने कुरा कसरी थाहा भएको लगायतका बिषयमा अनुसन्धान भईरहेको महाशाखाका एक अधिकारीले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।