१४ कार्तिक २०८३, शनिबार

शीतल निवासको फोनले सनसनी

14.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ फागुन । एमाले स्थायी समिति बैठकमा अत्यन्तै छरपष्ट हिसाबले एउटा विवादले प्रवेश पाएको छ ।

महिला, त्यसमाथि काठमाडौं उपत्यकाको नेवार जनजाति, पार्टीगत हैसियतमा पनि निकै वरिष्ठ, आधी आकाशले संसदीय मोर्चामा बलियो उपस्थिति जनाउन नसकिरहेको बेला सक्षम र अनुभवी भएर पनि मुलुककै पहिलो अनि एक मात्र मुख्यमन्त्री बन्ने अवसरबाट अष्टलक्ष्म शाक्यलाई विमुख पारिएको घटनामाथिको चरम असन्तुष्टि थियो, त्यो ।

आइतबारको सो विवादमा एउटा महिलाको बाटो अर्की महिलाकै सक्रियतामा छेकिएको भन्दै विषयले निकै गम्भीर मोड लिएको स्रोतले बताएको छ । जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

स्रोतका अनुसार राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र संसदमा पनि तेत्तीस प्रतिशत महिला उपस्थितिको प्रावधानबाट गुज्रँदा अरुलाई नमूना देखाउने राष्ट्र नेपालमा यस्तो चित्त दुखाइको निशानामा पर्नुभयो राष्ट्रपति विद्यादेवी भण्डारी । उहाँले विभिन्न नेता र गुटका ठूलाबडालाई आफैले फोन गरेर डोरमणि पौडेललाई भोट हाल्न लबिङ गरेको आरोप लाग्यो ।

मुख्यमन्त्रीको कुर्सीनजिकै पुगेर हिस्स परेकी अष्टलक्ष्मीको दुखेसो थियो, ‘अध्यक्ष स्वयंले अघि बढ्नु भनेपछि म उठेकी थिएँ । डोरमणि कमरेडले राम्रो मन्त्रालयचाहिँ दिनुस् है भन्नुभएको थियो, मैले हुन्छ भनेँ । मलाई विकास निर्माणमा सक्रिय बन्न मन छ, भौतिक पूर्वाधार मन्त्रालय पाउँ भन्नुभएको थियो, मैले त्यसमा पनि भैहाल्छ नि भनेकै हुँ । यसरी सबै कुरो मानेको मान्छेलाई रातारात महत्वकांक्षी बनाएर उठ्न लगाई मलाई हराउने काम भयो । यसमा राष्ट्रपति नै संलग्न हुनुभयो । उहाँले डोरमणिको पक्षमा व्यक्ति व्यक्तिलाई फोन गर्नुभयो ।’