एजेन्सी । मोबाइल फोटोग्राफीसँग सम्बन्धीत लुडिक म्यागेजिन (Ludique Magazine)मा पर्सनालिटिले भरिपूर्ण नोर्म नाम गरेको पग कुकुरको बारेको खेल प्रकाशित छ । नोर्मका मालिक अमेरिकाको सिटलका जेरेमी विच हुन् । नोर्म जेरेमीको चारखुट्टे बेष्ट फ्रेण्ड हो । नोर्म ८ हप्ताको हुँदा देखि नै जेरेमीले पाल्न शुरु गरेका हुन् ।
नोर्मलाई पाल्न शुरु गरेदेखि नै जेरेमीले फोटो जेनिक नोर्मको फोटोहरु खिच्न थाले र इन्स्टाग्राममा फोटोहरु पोष्ट गर्न थाले । हाल जेरेमीको इन्स्टाग्राममा २४ हजार भन्दा बढि फलोअर्स छन् । नोर्मका सेल्फीहरु यति आकर्षक छन् कि हेर्दा उसले नै खिचेको जस्तो देखिन्छ । जेरेमीले विभिन्न स्टाइलमा नोर्मको फोटोहरु लिएर इन्स्टाग्राममा पाष्ट गर्ने गरेका छन् । उनले फोटोमा राख्ने क्याप्सनले पनि अझै फोटोलाई नाटकीय बनाउँछ ।



























प्रतिक्रिया