३० आश्विन २०८३, शुक्रबार

भारतीय अण्डमान टापूमा भूकम्पको धक्का महसुस

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भारत, १ फागुन । भारतको अण्डमान तथा निकोबार टापू क्षेत्रमा मंगलबार विहान शक्तिशाली भूकम्प गएको छ ।

भारतीय मौसम विज्ञान महाशाखाका अनुसार अण्डमान टापूलाई केन्द्रविन्दु बनाएर विहान ८ः०९ बजेको समयमा ५.६ रेक्टर स्केलको भूकम्प गएको हाे ।

भूकम्पका कारण मानवीय क्षति वा अन्य भौतिक क्षति भएको खबर समाचार तयार पार्दासम्म प्राप्त भएको छैन ।
अण्डमानलाई केन्द्रविन्दु बनाएर यस पहिले गत जनवरी १४ मा पनि ४.८ रेक्टर स्केलको भूकम्प गएको थियो । –रासस/एएनआई