काठमाडौं, २९ माघ । एमाले नेतृ सुजिता शाक्य समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य बनेकी छिन् । ५ नम्बर प्रदेशका मुख्यमन्त्री पक्का पक्की भएकाले एमाले नेता शंकर पोख्रेलकी पत्नी शाक्य जनजाति कोटबाट समानुपातिक सांसद भएकी हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।
जनजाति कोटाबाट सांसद बनेकी शंकर पोख्रेलकी पत्नी सुजिता ब्राह्मण कि जनजाति ? प्रतिनिधिसभामा सदस्य मेटमणि चौधरी भन्छन्, ‘ब्राह्मणसँग बिहे गरेपछि त उहाँ ब्राह्मण हुनु पर्ने हो नि, कसरी जनजाति हुनुभयो ?’ माओवादीकी यशोदा गुरुङ समानुपातिक सांसदको बन्दसूचीमा छिन् ।
उनी पनि जनजाति कोटाबाट सांसद बन्ने उच्च सम्भावना रहेको छ । जन्मथर सुवेदी भए पनि यशोदा माओवादी नेता देव गुरुङकी पत्नी भएपछि जनजाति कहलिएकी हन् । जन्मथर शाक्य भएका कारण सुजिता जनजाति नेतृको सूचीमा परिन् भने सुवेदी जन्मथर रहकी देव गुरुङकी पत्नी यशोदा कसरी जनजाती त ?
दलहरूले सांसदका लागि गरेको यस्ताखाले सिफारिले यो प्रश्नको उत्तर जटिल बनेको छ। एमाले नेत्र सुजिता र माओवादी नेतृ यशोदा मात्रै हैनन् यस्ता अन्य महिला नेतृ पनि यसैगरी प्रतिनिधिसभा सदस्यमा जनजाति बनेर प्रवेश गर्दैछन् ।












प्रतिक्रिया