१ कार्तिक २०८३, आइतबार

अमेरिकामा नेपाली तेक्वान्दो खेलाडीलाई स्वर्ण

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– विजय थापा
टेक्सस २८ माघ । गत फेब्रुअरी १० तारिखमा अमेरिकाको टेक्ससमा सम्पन्न तेक्वान्दो प्रतियोगितामा नेपालबाट आएका ३ खेलाडीहरुलाई ३ स्वर्ण पदक प्राप्त भएको छ ।

नेपाली राष्ट्रिय खेलाडी मान कुमारी चौलागाई, ज्ञानी चुनार तथा तारा कुमार रायमाझीले टेक्सस राज्यको ड्यालसमा सम्पन्न अन्तर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेका हुन् । प्रतियोगिताको महिला फेदर बेल्ट समूह, ५३-५७ केजी समूहमा मान कुमारी चौलागाईले सेमी फाइनलमा भारत तथा फाइनलमा साल्भाडोरका खेलाडीलाई पराजित गरि स्वर्ण पदक प्राप्त गर्न सफल भएकी छिन् ।

यसै गरि ५८-६२ केजीको तौल समूहमा महिला लाईट बेल्टमा ज्ञानी चुनारले सेमी फाइनलमा पनामा र फाइनलमा अमेरिकाका खेलाडीलाई पराजित गरि स्वर्ण पदक जितेकी छिन् ।

पुरुष तर्फ को फ्लाई बेल्ट अन्तर्गत ५४-५८ सम्म को तौल समूहमा तारा कुमार रायमाझी ले सेमी फाइनलमा भारत फाइनलमा मेक्सिकोलाई हराई स्वर्ण पदक प्राप्त गरेका छन् ।

नेपाली टोलीको व्यवस्थापक र टोली प्रशिक्षकमा नेपालका पूर्व राष्ट्रिय खेलाडी एवम् हाल अमेरिकाको बाल्टिमोर स्थित एभरेस्ट वर्ल्ड क्लास तेक्वान्दो एकडेमी संचालन गर्दै आएका मास्टर कुमार कार्की थिए ।

उक्त तीनै जना राष्ट्रिय खेलाडीहरुलाई नेपालका पूर्व वरिष्ट तेक्वान्दो प्रशिक्षक मास्टर अमिर श्रेष्ठको विशेष सहयोगमा अमेरिकाको उत्कृष्ट मध्ये कै उत्कृष्ट ‘टिम एनटिए युएसए’ मा दुई हप्ताको बिशेष प्रसिक्षण पनि लिदै आएका छन् । नेपाली टोलि अर्को हप्ता फेब्रुअरी १८ तारिख नेपाल फर्कने छन् ।