१ कार्तिक २०८३, आइतबार

राष्ट्रिय फुटबल टिमका उपकप्तान लामाको शल्यक्रिया

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ माघ । नेपाली राष्ट्रिय फुटबल टिमका उपकप्तान तथा थ्रि स्टार क्लबका कप्तान बिक्रम लामाको आइतबार बिहान एक बजे ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सफल शल्यक्रिया गरिएको छ ।

दाहिने गोडामा चोट लागेका लामाको बरिष्ठ अर्पेथोडिक सर्जन तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेको टिमले सफल शल्यक्रिया गरेको हो ।

लामाको आइतबार देखिनै फिजियोथेरापी सुरु गरिनेछ । उनी उपचारपछि ६ देखि ८ महिनामा खेल मैदानमा फर्कने डा.चक्रराज पाण्डेले बताए ।

धरानमा जारी बुढासुबा गोल्डकपको फाइनल खेलका क्रममा नेपाल पुलिस विरुद्धको खेलमा घाइते भएपछि लामालाई तत्काल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ल्याइएको थियो ।