काठमाडौं, २२ मंसिर । पशुपति क्षेत्र विकासले नारायण मन्जुनाथ भट्टलाई नयाँ भट्ट पुजारीमा नियुक्त गरेको छ ।
गणेश भट्टलाई मुल भट्ट पुजारीमा नियुक्त गरेपछि उनको स्थानमा नारायणलाई नियुक्त गरेको हो ।
गणेशलाई पाँच महिना अघि मूल भट्ट पुजारीमा नियुक्त गरेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
स्वास्थ्यको कारण देखाई मूल भट्ट महाबलेश्वर भट्टले राजिनामा दिएपछि गणेशलाई उनको स्थानमा नियुक्त गरेको हो ।
कोषका सदस्य सचिव गोविन्द टण्डनका अनुसार ३० वर्षीय नारायणनाथलाई मन्दिरको पूर्वपट्टि पूर्वमूख ढोकाको जिम्मेवारी दिइएको छ ।















प्रतिक्रिया