२९ आश्विन २०८३, बिहिबार

काङसोरे याक्थुङ पुरस्कार २०७० अमना तुम्वापो र श्रीहाङ जवेगुलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Puraskar

दोहा, कतार । २०७० सालको काङसोरे याक्थुङ पुरस्कार सुश्री अमना तुम्वापो र श्रीहाङ जवेगुलाई प्रदान गरेको छ ।

कियाचु कतारको संरक्षकत्वमा २०६७ सालमा स्थापना गरिएको संस्था काङसोरे याक्थुङ कोषले उक्त पुरस्कार प्रदान गरेको हो । लिम्वु समुदायमा रहेका प्रतिभाहरुको सम्मान, प्रवर्धन र प्रोत्साहन गर्ने उद्धेश्यले यो संस्था स्थापना भएको हो ।

यो संस्थाले प्रत्येक वर्ष लिम्वु समुदायवाट एसएलसी परिक्षामा सर्वाेकृष्ट अंक प्राप्त गर्ने १ जनालाई पुरस्कार प्रदान गर्दै आएको थियो । यो वर्षदेखि निजी विधालय र सरकारी विधालयवाट सर्वाेकृष्ट अंक ल्याउँने २ जनालाई सम्मान गर्न थालिएको संस्थाका अध्यक्ष दिल किरण खजुमले जानकारी गराउनुभयो ।

लिम्वु समुदायवाट सवै भन्दा सर्वाेकृष्ट अंक प्राप्त गर्न सतासीधाम झापाकी सुश्री अमना तुम्वापो लिम्वु सफल भएकी थिईन् । अमनाले श्री लोयाल्टी एकेडेमी मण्डीखटार एकतावस्ती काठमाण्डौंवाट एसएलसी परिक्षामा निजी विधालयवाट सहभागी भई ८९.७५ प्रतिशत अंक प्राप्त गरेकी थिईन् ।

त्यस्तै निजी विधालयवाट याङनाम ५ पाँचथरका श्रीहाङ जवेगुले पुरस्कार हात पार्न सफल भएका छन् । जवेगुले खलङगाटार उच्च माध्यमिक विद्यालय पाँचथरवाट एसएलसी परिक्षामा सरकारी विधालयवाट सहभागी भई ७३.३८ प्रतिशत प्राप्त गरेका थिए ।

२०७० साल मंशिर २० गते किरात याक्थुङ चुम्लुङ नेपालद्धारा ललितपुरको हात्तीवनमा आयोजित चासोक तङनाम किरात यले सम्वत् ५०७४ को अवसरमा वरिष्ठ साहित्यकार वैरागी काईलाले उक्त पुरस्कार हस्तान्तरण गरेका थिए । उक्त पुरस्कारको राशि दश हजार रुपैंया र सम्मान पत्र रहेको छ ।