१ कार्तिक २०८३, आइतबार

भरतपुर फुटवल क्लब चितवन च्याम्पियनसिप कपको क्वार्टर फाईनलमा

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २१ माघ । प्यासिफिक कलेज चौँथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आइतबारको खेलमा भरतपुर फुटबल क्लबले टाँडी युनाईटेड क्लवलाई पराजित गर्दै क्वार्टर फाईनल प्रवेश गरेको छ । पेनाल्टी सुट आउटमा ४ का विरुद्ध ५ गोल गर्दे भरतपुर बिजयी भएको हो ।

निर्धारित समय सम्म दुवै तर्फबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउट मार्फत खेलको नतिजा निकालिएको थियो । टाँडीका तर्फबाट पहिलो पेनाल्टीको सदुपयोग गर्न नसक्दा त्यहि नै टाँडीका लागि दुर्भाग्य बन्न पुगेको छ ।

खेलको म्यान अफ द म्याच भरतपुरका गोलरक्षक मनोज गुरुङ भए । उनलाई एन्फा चितवनका अध्यक्ष श्रीकृष्ण कार्की र प्रहरी नायब महानिरीक्षक केदारमानसिहं भण्डारीले ट्रफि प्रदान गरे ।

फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । सोमबारको खेल भरतपुर फुटबल जुनियर प्रहरी अधिकृत शिक्षालय र नारायणी फुटबल क्लब लिलाचोकका बीचमा दिउँसो २ वजे हुनेछ ।

त्यस्तै टिकट खरिद गर्ने दर्शकवीच गरिएको लक्की ‘ड्र’बाट सन्तबहादुर क्षेत्रीले आकर्षक मोबाइल प्राप्त गरेका छन् । एभरेष्ट लक्की ड्र मार्फत हरेक दिन एकजना टिकट खरिदकर्तालाई मोबाइल प्रदान गरिने आयोजक क्लवका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए ।