१ कार्तिक २०८३, आइतबार

भलिबलमा सरस्वती सदन र ब्याडमिन्टनमा त्रिभुवन मावि घनपोखरा बिजयी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बेलिना थापा
लमजुङ, १९ माघ । ग्लोबल एक्सन नेपाल तथा ज्ञान रिसर्च एण्ड लर्निङ रिसोर्स सेन्टर र जिल्ला शिक्षा कार्यालयको सहकार्यमा संचालन भएको ‘सकरात्मक परिवर्तनका लागि खेलौँ’ कार्यक्रम अन्र्तगत १४ विद्यालयबीच भलिबल र ब्याडमिन्टन प्रतियोगिता संचालन गरिएको छ । कार्यक्रम संचालन भएका खुदी, बेँसीशहर र बाग्लुङपानी स्रोतकेन्द्र भित्रका विद्यालयहरुबीच प्रतियोगिता सञ्चालन गरिएको हो ।

भलिबल प्रतियोगितामा खुदी स्रोतकेन्द्रबाट सरस्वती सदन आधारभूत विद्यालाय पाम्चोक सिम्पानी प्रथम भएको छ । यस्तै बेँसीशहर स्रोतकेन्द्रबाट जन विकास मावि बेँसीशहर द्वितिय भएको छ ।

ब्याडमिन्टन प्रतियोगितामा खुदी स्रोतकेन्द्रबाट त्रिभुवन मावि घनपोखरा प्रथम भएको छ भने बेँसीशहर स्रोतकेन्द्रबाट जन विकास मावि द्वितिय भएको जन विकास माध्यमीक विद्यालयका शिक्षक राजु राउतले बताए ।

प्रतियोगिताका बिजयीहरुलाई शुत्रबार एक समारोहकाबीच बेँसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्यालले पुरस्कार प्रदान गरेका थिए । जन विकास माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष सुवास पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा मर्स्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद कँडेल, जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष गोविन्द बस्नेत लगायतको उपस्थिति थियो ।

विद्यालयहरुमा बालबालिकाहरुलाई खेलकुदमा समान अवसर प्रदान गरी स्वस्थ्य जीवन, लैगिंक विभेदको न्युनिकरण तथा नियमित विद्यालय आउनका लागि प्रेरित गर्ने उद्देश्यका साथ कार्यक्रम संचालन भइरहेको छ ।

संस्थाद्घारा विद्यालयहरुमा खेलकुद सामग्री वितरण, खेलमैदान मर्मत, जर्सी वितरण, प्राथमिक उपचारका सामग्री वितरण, लगानीहित कोष (म्याचीङ फन्ड) प्रदान, खेलकुद तालिम प्रदान, सामुदायिक व्यायामशाला सामग्री वितरण र जडान, लैङ्गिक सचेतनामूलक कक्षाहरु जस्ता कार्यक्रमहरुमार्फत बालबालिकाको स्तर उकास्न सहयोग गर्दै आईरहेको छ ।