१४ कार्तिक २०८३, शनिबार

ओली–स्वराजबीच पौने घन्टा वन–टु वनसहित तीन चरणमा छलफल

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । होटल सोल्टी क्राउन प्लाजामा ओली र स्वराजबीच साँझ पौने ७ बजेबाट पौने घन्टा वन टु वान, त्यसपछि सामूहिक र अन्तिममा डिनरसहित तीन चरणको बैठक भएको छ ।

दुई बैठक सकिएपछि स्वराजको सम्मानमा एमालेले छुट्टै रात्रीभोजको आयोजना गरेको थियो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

सामूहिक भेटवार्तामा ओलीसहित उपाध्यक्ष वामदेव गौतम, भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, सचिव प्रदीप ज्ञवाली, नेता विष्णु रिमाल र डा। भट्टराईलगायतका नेता सहभागी थिए ।

तीनै चरणमा दुई देशबीचको सम्बन्ध र पछिल्लो राजनीतिक घटनाक्रममा केन्द्रीत रहेर लामो छलफल भएको नेताहरूले बताएका छन् ।