काठमाडौं, २१ मंसिर । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको २२ दलीय मोर्चाको नयाँ नाम प्रस्ताव गरिएको छ ।
२२ दलीय गठबन्धनलाई बलियो बनाउन गठित कार्यदलको आइतबार बिहान बसेको बैठकले मोर्चाको नाम संघीय लोकतान्त्रिक गठबन्धन राख्न प्रस्ताव गरेको हो ।
कार्यदलले संविधानबारे विपक्षी दलहरुको साझा धारणा बनाउन भने सकेन । थप अध्ययन गरेरमात्र पहिचानमा आधारित संघियताका विषयमा समान निष्कर्ष निकाल्नु पर्ने सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिए । कार्यदललाई संविधानका विवादित विषयमा समान धारणा बनाउने अख्तियारी प्रदान गरिएको थियो । दलबीच शासकीय स्वरुप, राज्य पुनःसंरचना,निर्वाचन र न्याय प्रणालीलगायत विषयमा विवाद रहँदै आएको छ ।
माओवादी महासचिव कृष्णबहादुर महराको संयोजकत्वको कार्यदलमा तराई–मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, समाजवादी जनता दलका अध्यक्ष एवं सभासद् प्रेमबहादुर सिंह, तराई–मधेस समाजवादी पार्टीका उपाध्यक्ष रानी शर्मा र खम्बुवान राष्ट्रिय मोर्चाका सभासद् रामकुमार राई सदस्य छन् ।
















प्रतिक्रिया