१ कार्तिक २०८३, आइतबार

पोखरामा भण्डारी दम्पतीद्वारा चौतारो निर्माण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २१ मंसिर । पोखराको एक ज्येष्ठ नागरिक दम्पतीले निजी खर्चमा चौतारो निर्माण गरेको छ ।

पोखरा–१७ महतगौडा निवासी ८६ वर्षीय चन्द्रकान्त र भागीरथी भण्डारीले स्थानीय भित्रीपाटनको सर्वजनिक जग्गामा दुई लाख ५० हजारको लागतमा पक्की चौतारो निर्माण गरी वर र पिपलको बिरुवासमेत रोप्नुभयो ।

चौतारोको बाजागाजासहित वैदिक विधिपूर्वक शनिबार विवाह अर्थात् प्रतिष्ठासमेत गराइयो ।

सोही स्थानमा शीतल पाटी (प्रतीक्षालय) समेत निर्माण गरिएकोे छ ।

विसं २०३५ मा पोखरा नगर क्षेत्रभित्र ६३२  चौतारी भए पनि हाल १५० को हाराहारीमा मात्र रहेको नागरिक समाज पोखरा–७ का अध्यक्ष रामबहादुर पौडेलले बताउनुहुन्छ ।

चौतारालगायत सार्वजनिक स्थलको अतिक्रमण बढ्दै गएको छ ।