१४ कार्तिक २०८३, शनिबार

सम्पत्ति सुद्दीकरणको पत्रले कन्सलटेन्सीहरूमा हंगामा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, १८ माघ । सम्पत्ति सुद्दीकरण अनुसन्धान विभागले शैक्षिक परामर्श सेवा प्रदान गर्दै आइरहेका संस्थाहरुमाथि छानविन अगाडि बढाएको छ ।

कतिपय एजुकेशन कन्सलटेन्सीहरुले विदेशबाट स्रोत नखुलेको रकम भित्र्याएको खुलेपछि विभागले त्यस्ता कम्पनीहरुमाथि निगरानी थालेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

विभागले पटक–पटक शैक्षिक परामर्श दाता संस्थाहरुको छाता संगठन नेपाल शैक्षिक परामर्श संघ(इक्यान) मा पत्र पठाई आवद्ध सदस्यहरुको विवरण माग गर्दा समेत नपठाइएको भन्दै पुनः ताकेता सहित पुस ३० गते इक्यानका नाममा पत्र काटेको छ ।

विभागले कन्सलटेन्सीहरुको नाम, ठेगाना, प्रोपाइटर र सम्पर्क टेलीफोन सहित विवरण पठाउन पत्राचार गरेको छ ।

विभाग स्रोतका अनुसार अष्ट्रेलियामा विद्यार्थी पठाउने केही नाम चलेका कन्सलटेन्सीहरुले अवैध हुण्डीको कारोबार गरिरहेको खुलेपछि त्यस्ता कम्पनीमाथि छापा हान्ने तयारी भइरहेको छ । इक्यानमा झण्डै तीन सय कन्सलटेन्सीहरु आवद्ध छन् ।