काठमाडौं, २१ मंसिर । कांग्रेस संस्थापक नेता तथा जनआन्दोलनका कमान्डर गणेशमान सिंहको सम्मानमा सरकारले निःशुल्क दिएको जग्गा गणेशमान सिंह स्मृतिबाटिका संरक्षण समितिले व्यापारिक घरानालाई ३९ वर्षका लागि लिजमा दिएर व्यापार थालेको छ ।
समितिका सदस्य गणेशमानपुत्र कांग्रेस महामन्त्री तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह हुन् भने अध्यक्ष भक्तपुर २ का कांग्रेस सभासद् रामेश्वर ढुंगेल हुन् ।
नेता सिंहको सम्मानमा अत्याधुनिक उद्यान निर्माण गर्न सरकारले १४ वर्षअघि भक्तपुरको कटुञ्जे ६ मा एक सय ७५ रोपनी पाँच आना जग्गा समितिलाई दिएको थियो ।
समितिले साख टोर स्टिलका मालिक गणेश साःखलाई १५ करोड रुपैयाँमा ३९ वर्षका लागि लिजमा दिएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
स्रोतका अनुसार साःखले बाटिकाको जग्गामा तारे होटल बनाउने तयारी गरेका छन् ।















प्रतिक्रिया