१ कार्तिक २०८३, आइतबार

सोह्र किलो सुनसहित ‘तस्कर’ पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gold

काठमाडौँ, २० मंसिर । काठमाडौंको नक्साल भगवती बहालबाट १६ केजी सुनसहित एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौँको बौद्ध–६ बस्ने पाछेङ खम्बाको साथबाट १६ किलो अवैध सुन बरामद गरेको हो । ठूलो परिमाणमा सुन तस्करी गरी ल्याएको सूचनाका आधारमा प्रहरीले उनलाई पिछा गरेको थियो । अनुसन्धानका लागि पाछेङलाई पक्राउ गरेकोे महाशाखाले जनाएको छ ।