१ कार्तिक २०८३, आइतबार

पिकनिकको रमाइलो फोटो खिचाउने क्रममा खोलामा खसेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २० मंसिर । मोरङको मधुमल्लाबाट स्थानीय नुनसरी खोलामा पिकनिक गएका एक व्यक्तिको शनिबार फोटो खिचाउनेक्रममा खोलाको डिलबाट खसेर मृत्यु भएको छ ।

मोरङको टाँडी गाविस–६ र इलाम जिल्लाको साक्फारा गाविस–२ को सिमानामा पर्ने नुनसरी खोलाको डिलबाट लडेर मधुमल्ला–२ का गोपीकृष्ण ढुङ्गेलको मृत्यु भएको हो ।

साथीहरूसँग फोटो लिनेक्रममा अचानक खोलाको डिलबाट खसेर गम्भीर घाइते भएका उनलाई न्युरो अस्पताल विराटनगर ल्याउदै गर्दा बाटोमै मृत्यु भएको क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।