नवलपरासी, २० मसिंर । प्रेस चौतारी नेपाल नवलपरासीमा पुन बिद्रोही गिरीको नेतृत्वमा नयाँ कार्य समिती चयन भएको छ ।
शुक्रवार राती अवेर नवलपरासीको कावासोतीमा सम्पन्न पाँचौ जिल्ला अधिबेशनले पुन बिद्रोही गिरीको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिती सर्वसम्वत चयन भएको हो ।
कार्यसमितीको उपाध्यक्षमा हिमालदेव पगेनी, सचिवमा सागर पोखरेल, सह सचिवमा प्रमोद अर्याल, कोषाध्यक्षमा मोहन पौडेल रहनु भएको छ ।
त्यस्तै सदस्यहरुमा तुल्सा खनाल, दिया आले, धुर्व हरिजन, भविश्वर पाण्डे, गोविन्द नेपाली, कृष्ण विसी, राजन खरेल, सामना पुलामी रहनुभएको छ ।
अधिबेशनमा प्रेस चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल, बरिष्ठ उपाध्यक्ष दुर्गा भण्डारी, पश्चिमाञ्चल सयोजक मुकेश पोखरेल, महासचिव माधव नेपाल, सचिव गणेश पाण्डेलगायत लुम्बिनी अञ्चलका केन्द्रीय सदस्यहरु, जिल्ला अध्यक्षहरु, लगायतको उपस्थिती थियो ।
अधिबेशनको नेकपा एमालेका महासचिव इश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो । अधिबेशनको उदघाटन गदै महासचिव पोखरेलले समयमै सबिधान जारी गर्न एमाले थप लचिलो भएको बताउनुभएको थियो ।
उहाँले मुलुकले धेरै, प्रदेश थेग्न नसक्ने भन्दै एमाले कम प्रदेश र बहुपहिचान सहितको सघियतामा अडान रहेको समेत बताउनुभएको थियो ।
सिर्जनशील पत्रकारिता पुरस्कारबाट गौतम पुरस्कृत
यसैगरी प्रेस चौतारी नेपाल नवलपरासी शाखाले स्थापना गरेको सिर्जनशील पत्रकारिता पुरस्कारबाट यस वर्ष गुल्मीका पत्रकार घनश्याम गौतम पुरस्कृत हुनुभएको छ ।
नवलपरासीका समाजसेवी दिपेन्द्र अधिकारीले आफ्ना स्वर्गिय छोरा शक्ति अधिकारीको स्मृतिमा स्थापना गरेको २ लाख रुपैंयाको अक्षयकोषबाट चौतारीले हरेक वर्ष पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ ।
१५ हजार राशीको पुरस्कारबाट २०५४ साल देखि पत्रकारिता गर्दै आउनु भएका गौतमलाई प्रदान गरिएको हो । प्रेस चौतारी नवलपरासीका अध्यक्ष विद्रोही गिरीका अनुसार पुरस्कार एक वर्ष जिल्ला भित्रैबाट र अर्को वर्ष जिल्ला बाहिरबाट पुरस्कृत गर्ने गरिएको छ ।
गौतम अहिले कान्तिपुर दैनिकका गुल्मी संवाददाता हुनुहुन्छ । पुरस्कार नेकपा एमालेका केन्द्रिय महासचिव इश्वर पोखरेलले प्रदान गर्नु भएको थियो । पुरस्कार प्रदानपछि बोल्दै नेता पोखरेलले पुरस्कारले क्रियाशिल पत्रकारहरुलाई थप प्रोत्साहित गर्ने बताउनु भयो ।
पुरस्कार ग्रहण गर्दै पत्रकार गौतमले पुरस्कारले आगामी दिनमा थप जिम्मेवारी र सिर्जनशिल पत्रकारिताका लागि उर्जा प्रदान गरेको भन्दै आगामी दिनमा पत्रकारिता पेशामा थप क्रियाशिल हुने बताउनु भयो ।















प्रतिक्रिया