२९ आश्विन २०८३, बिहिबार

बालबालिकाको दाँत कसरी बचाउने

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बालबालिकाको दाँत बिग्रने प्रमुख कारण भनेको लापरबाही र दाँतको स्याहारमा ध्यान नदिनु रहेको चिकित्सकहरू बताउँछन् ।

गुलियो खानेकुरा, चकलेट, जंकफुडलगायतले सानै उमेरमा दाँत बिग्रने गर्छ । यस्ता खानेकुराले दाँतको समस्या बल्झँदै जान्छ र दाँत नै निकाल्नुपर्ने पनि हुन सक्छ ।

अभिभावकले आफ्नो बच्चाको स्वास्थ्यमा अत्यन्तै ख्याल राख्नुपर्छ । कस्तो खानेकुराले बच्चाको स्वास्थ्यमा असर गर्छ भन्नेबारे अभिभावकले सचेत हुन आवश्यक हुन्छ ।

बिहान–बेलुकाको खानापछि नियमित दाँत ब्रस गर्न बिर्सनुहुँदैन । दाँत सफा गर्दा पेस्टमा पनि विशेष ध्यान दिन जरुरी हुन्छ । ड्राइफुड, जंकफुड, चकलेट, गुलिया खाद्यपदार्थको सकेसम्म प्रयोग गर्नुहुँदैन ।