१ कार्तिक २०८३, आइतबार

रोल्पामा भएको पाँच बुँदे सहमति कार्यान्वयन नभए द्वन्द्वः बास्तोला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bastolaकाठमाडौं, २० मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका केन्द्रीय कार्यालय सदस्य धमेन्द्र बास्तोलाले तत्कालिन संसदवादी र माओवादीबीच भएका पाँच बुँदे सहमतिले मात्र देशलाई निकास दिने बताउनु भएको छ ।

शनिबार संवाद डबलीमा समाजसेवी रामकुमार लिङ्देनको जीवनी विमोचन गर्दै बास्तोलाले यस्तो बताउनु भएको हो ।

‘जनयुद्धकालमा तत्कालिन संसदवादी र माओवादीब रोल्पामा भएको पाँच बुँदे सहमतिबाट कांग्रेस–एमाले पछि हटेकाले देशले निकास पाएको छैन,’ उहाँले भन्नुभयो, ‘यदि कांग्रेस र एमालेले उक्त सम्झौताबाट पछि हटे देशमा फेरी द्वन्द्व निम्तिने छ  ।’
उहाँले जनयुद्ध, जनआन्दोलन र सबै क्षेत्रका जनता र वर्गको चाहनाको विरुद्धमा संविधान ल्याउन षड्यन्त्र भइरहेको दाबी पनि गर्नुभयो ।

कार्यक्रममा समाजसेवी तथा उद्योगी लिङ्देन रामकुमारले माओवादी जनयुद्धमा जस्तै जुवाडे, कमिसन, कालाबजारी, बिचौलियालाई नियन्त्रण राज्यले गरेमात्र देशमा शान्ति र लगानीको बातावरण बन्ने बताउनुभयो ।

पूर्व वेलायती सेनामा कार्यरत लिङ्देन रामकुमारले समाज सेवामा कार्यरत हुनुहुन्छ । रामकुमारको जीवनी युवा चलचित्रकर्मी दिनेश लिङ्देनले लेख्नु भएको हो ।