युएई । नेपाल पत्रकार महासंघ यूएईले नेपाली राजदूतावास अबुधाबीमार्फत संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई स्मरणपत्र बुझाएको छ ।
‘नेपाली जनतासँग गरेको बाचा नतोडौं, २०७१ माघ ८ भित्रै संविधान निर्माण गरौं’ भन्ने मूल नारासहित तीन महिने विशेष अभियान सञ्चालन गर्दै आएको नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रम अन्तर्गत नेपाल पत्रकार महासंघका अध्यक्ष अर्जुन दाहालको नेतृत्वमा गएको टोलीले यूएईका लागि नेपाली राजदूत महामहिम धनन्जय झामार्फत संविधानसभा अध्यक्षलाई माघ ८ भित्रै संविधान निर्माण गर्न स्मरणपत्र बुझाएको छ ।
शाखाका अध्यक्ष अर्जुन दाहालसहित उक्त टोलीमा सचिव लक्षमण खनाल, सहसचिव हरी नेपाली, कोषाध्यक्ष मेघराज सापकोटा, सदस्य शेखर चापागाईं, केन्द्रीय प्रतिनिधि भुपराज बस्याल र सल्लाहकार निमेष गिरीको सहभागी थिए ।
महासंघले संविधान निर्माणमा संलग्न नेपाल सरकार, बिभिन्न राजनैतीक दलहरू र अन्य सम्बन्धित निकायहरूलाई प्रबासबाट पनि तोकिएको समयसिमाभित्र नै संबिधान जारी गर्न दबाब दिने उद्देश्यले १४ नोभेम्बर, २०१४ का दिन दुबईमा सम्पन्न ”समयमा संबिधान प्रबासीको चाहना र हाम्रो अभियान” बिषयक अन्तरक्रिया कार्यक्रमको स्मरण गराउँदै ज्ञापन पत्र राजदूत झालाई बुझाएको थियो ।
अन्तरक्रिया कार्यक्रममा यूएईमा रहेका गैर आबासिय नेपाली संघ, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, नेपाली जनप्रगतिशील मञ्च, नेपाली जनप्रगतिशील मोर्चा, सहयोग उत्थान मञ्च, नेपाली आविासी जनजाती महासंघलगाएतका क्रियाशील समामाजिक संघसंस्थाहरुका प्रतिनिधिहरुले नेपालको संविधानमा संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्यायपालिकाको स्वरूपको बारेमा छलफल गर्दै माघ ८ भित्र सहमतिका आधारमा संविधान निर्माण गरी जारि गरिनु पर्ने बताएका जानकारी समेत गराउन चाहन्छौ ।
स्मरण पत्र र ज्ञापन पत्रको प्रतिलिपि यसै प्रेस रिलिजका साथ संलग्न गरेको जानकारी गराउँदछौ ।














प्रतिक्रिया