१ कार्तिक २०८३, आइतबार

एनएमबी बैंकको खुद मुनाफा ४३ प्रतिशतले बृद्धि

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १४ माघ । एनएमबी बैंकले आर्थिक वर्ष २०७४/७५ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरण अनुसार एनएमबि बैंकले अघिल्लो आर्थिक वर्षको समीक्षा अवधिको तुलनामा खुद मुनाफामा ४३ प्रतिशत भन्दा बढिले बृद्धि गरेको छ । खुद मुनाफा १ अर्ब कटेको बैंकले आइतबार जानकारी दिएको छ ।

त्यसैगरी बैंककोे आव २०७४/७५ मा निक्षेप ८ दशमलव ६ अर्ब तथा कर्जा ६ दशमलव ६ अर्बले बढाएको छ । उच्च वित्तीय प्रगति प्रर्दशन गर्दै हाल बैंकको निक्षेप ८० दशमलव ५५ अर्ब पुगेको छ । त्यस्तै, कर्जा ७० दशमलव ९३ अर्ब पुगेको छ । यस अवधिमा बैंकले आप्नो निश्कृय कर्जालाई १ दशमलव ६७ प्रतिशतबाट झारेर १ दशमलव २० % मा पु-याएको बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंकले उल्लेखनीय प्रगति हासिल गरेको छ । यसै गरि द बैंकर फाइनान्सियल टाइम्स लण्डनबाट सन् २०१७ नेपालको लागि बैंक अफ द इयर–२०१७ तथा Frost & Sullivan in association with the Confederation of Nepalese Industries (CNI) af6 ‘Certificate of Merit’ – Nepal Business Excellence Awards 2017 समेत प्राप्त गरेको छ ।

हाल एनएमबि बैंकको ९३ वटा शाखा, ४ वटा एक्सटेन्सन काउन्टर र ८७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।