२९ आश्विन २०८३, बिहिबार

अमेरिकाका ‘पावरफुल’ व्यक्ति यौन दुर्व्यवहारमा फसेपछि…

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लण्डन । ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले कारबाही गर्ने तयारी गरेपछि संयुक्त राज्य अमेरिकाको जिम्न्यास्टिक बोर्डको निर्देशक समितिका सबैले राजीनामा दिने निर्णय गरेका छन् ।

जिम्न्यास्टिक टोलीका पूर्व चिकित्सक ल्यारी नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्यवहार गरेकोमा ४० देखि १ सय ७५ वर्षको सजाय सुनाएपछि अमेरिकी ओलिम्पिक कमिटीले बोर्डका पदाधिकारीहरूलाई राजीनामा दिन अल्टिमेटम दिएको थियो ।

ल्यारी नासर यौन दुर्व्यवहार प्रकरणलाई उपयुक्त ढंगले सम्बोधन नगरेको भन्दै अमेरिकी ओलिम्पिक कमिटीले या त बोर्ड भंग गरिनुपर्ने वा उसले खेलकुद निकायको मान्यता गुमाउने चेतावनी दिएको थियो ।

उसले बोर्डलाई नयाँ जीवन दिन बुँदागत रुपमा नयाँ सुधारका कदम नचालेसम्म उक्त राष्ट्रिय खेलकुद निकायले जिम्न्यास्टिक सञ्चालन गर्ने अधिकार गुमाउने पनि उल्लेख गरेको थियो ।

यसै हप्ताको शुरुमा पूर्व ओलिम्पिक जिम्न्यास्टिक चिकित्सक नासरलाई किशोरी खेलाडीहरूलाई यौन दुर्व्वयहार गरेको आरोपमा १ सय ७५ वर्षसम्मको जेल सजाय सुनाइएको थियो । – बीबीसी