१४ कार्तिक २०८३, शनिबार

जथाभावी निर्णय गरेको आरोप लागेको वर्तमान सरकारलाई लाग्यो अंकुश

4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । राष्ट्रिय सभा निर्वाचनका लागि शुक्रबारदेखि आचारसंहिता लागू भएको छ । अब सरकारले दीर्घकालीन प्रभाव पार्ने कार्यक्रम सुरु गर्न, कर्मचारी सरुवा–बढुवा र नियुक्ति गर्न पाउनेछैन ।

प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले आचारसंहिता कार्यान्वयनमा सहयोग गर्न सरकार र अन्य सबै पक्षलाई आग्रह गरेका छन् ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मत बदर कम गर्न अभियान

निर्वाचन आयोगले मतदाता शिक्षा अभियान सुरु गरेको छ । राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुखलाई मतदान गर्दा मतपत्रमा गरिने संकेतबारे जानकारी गराउन अभियानमा खटिएका कर्मचारीलाई प्रमुख आयुक्त डा. यादवले निर्देशन दिएका छन् ।

अन्तिम नामावली १५ माघमा

राष्ट्रिय सभा निर्वाचन कार्यक्रमअनुसार १५ माघमा राष्ट्रिय सभा सदस्यका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

शुक्रबारसम्म उम्मेदवारको विरोधमा उजुरी दिने समय थियो । त्यस्तै १४ माघमा उम्मेदवारी फिर्ता लिने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशनसँगै १५ माघमै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।