१ कार्तिक २०८३, आइतबार

शहिद दिवसमा पुरुष भलिवल प्रतियोगिता हुने, १५ गतेसम्म टिम दर्ता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ माघ । आगामी माघ १६ गते शहिद दिवसको अवसरमा जिल्ला खेलकुद विकास समिति चितवनको आयोजना र जिल्ला भलिवल संघ चितवनको सह आयोजनामा जिल्ला स्तरीय भलिवल प्रतियोगिता आयोजना हुने भएको छ ।

माघ १६ र १७ गते पुरुष भलिवल प्रतियोगिता आयोजना गरिएको जिल्ला खेलकुद विकास समिति चितवनका अध्यक्ष गंगालाल लामाले बताए । माघ १५ गते सम्म आफ्नो टिमको नाम खेलकुद कार्यालयम दर्ता गर्न सकिने खेलकुद विकास समितिका सचिव रामजी ढकालले जानकारी दिए । खेल भरतपुरको गेष्ट हाउस चउरमा हुने भएको छ ।