१ कार्तिक २०८३, आइतबार

खेल मैदान जोतिएको भन्दै प्रजिअलाई ज्ञापनपत्र

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रजिअलाई ज्ञापन पत्र वुझाउँदै पूर्व क्रिकेट खेलाडी अनिल अधिकारीसहितको टोली ।

चितवन, १२ माघ । चितवनका क्रिकेट खेलप्रेमीहरुले वीरेन्द्र क्याम्पसको रमाइलो चोक स्थित खैल मैदान जोतिएकोमा आपत्ति जनाएका छन् ।

पुर्व राष्ट्रिय क्रिकेट खेलाडी अनिल अधिकारीले माघ ४ गते सार्वजनिक विदाको दिन पारेर क्याम्पस प्रशासनले नाजायज काम गरेको बताए । शुक्रबार खेलप्रेमीहरुले चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टलाई ज्ञापनपत्र दिइ यस विषयमा ध्यानाकर्षण समेत गराएका छन् ।

आफूहरुको सहमति विना नै मैदान जोत्ने काम भएको नेविसंघ वीरेन्द्र क्याम्पस एकाइ अध्यक्ष वचन कार्कीले बताए । ‘नाकाबन्दीका बेला पनि यहाँ क्रिकेट खेल खेलाउन सफल भएका थियौँ, राष्ट्रिय रुपमा यो मैदानको नाम चिनायौँ ।’ अधिकारीले भने, ‘कोही कसैको गलत सल्लाहमा क्याम्पसले गलत काम गरेकोमा आपत्ति जनाउँछु ।’

वन तथा भुसंरक्षण मन्त्रीको आदेश समेत उलंघन गरेको भन्दै मैदानलाई क्रिकेट मैदान सुनिश्चित नगरिएसम्म संघर्ष र दबाब कार्यक्रम जारी रहने खेलाडी तथा प्रशिक्षक धु्रव भुषालले बताए ।