१ कार्तिक २०८३, आइतबार

थिमिमा नवदुर्गा नाच नहुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nawa Durga Nachभक्तपुर, २० मङ्सिर । प्रत्येक वर्ष योमरी पूर्णिमाका दिनदेखि मध्यपुर थिमिमा सुरू हुने नवदुर्गा नाच यस वर्ष पनि सञ्चालन नहुने भएको छ ।

दुई वर्षअघि नवदुर्गा देवगणलाई सगुन दिने ‘द्यः व्वय्केगु’ क्रममा मध्यपुर थिमि–८, पोबुका स्थानीय केही युवा र देवगणबीच विवाद भई झगडा भएपछि रोकिएको नवदुर्गा नाच यस वर्ष पनि सञ्चालन नहुने भएको नवदुर्गा देवगणले बताएका छन् ।

थिमिमा तीन दिनभन्दा बढी मनाइने नवदुर्गा नाचमा देवगणलगायतको सुरक्षा दिने र सहज रुपमा नाच सञ्चालन गर्न दिने गरी आमन्त्रण गरे मात्र जाने अन्यथा नजाने निर्णय देवगणले गरेको छन् ।

थिमिका बासिन्दाले नाच सञ्चालन गर्न आमन्त्रण नगरेपछि यस वर्ष पनि थिमिमा नवदुर्गा नाच रोकिएको हो ।

थिमिमा तीन दिनसम्म मनाइने नवदुर्गा नाचमा दिउँसो र राति नवदुर्गाको पूजा, दर्शन गर्ने र प्रसाद चढाउनेको भिड लाग्ने गथ्र्याे ।