१ कार्तिक २०८३, शनिबार

पूर्व राजाका सचिव सबैभन्दा नजिक को ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyannendraकाठमाडौं, २० मंसिर । पूर्व राजा ज्ञनेन्द्रको भलाकुसारी गर्ने ५ सचिब छन्।

ज्ञानेन्द्र शाह राजा भएदेखि नै ५ सचिबको हामलीमुहाली चन्दै आएको थियो। ती मध्ये अहिले निजी सचिब सागर तिमल्सिना र संवाद सचिब फणिराज पाठक पूर्वराजाको सबैभन्दा नजिक भएर काम गरिरहेका छन्।

पाठक ज्ञानेन्द्रको महत्वपूर्ण भ्रमणमासमेत सहभागी हुने गरेका छन्। पदले सबैभन्दा ठूलो भूमिका प्रमुख सचिब पशुपतिभक्त महर्जनको थियो, तर ज्ञानेन्द्रको शासनकालपछि उनको भूमिका गौण भएको छ।
उनी अहिले पनि दरवारको प्रमुख सचिबका हैसियतले तलव बुझ्छन्।

अर्का सचिब सम्भु अधिकारी पूर्व मुमाबडामहारानी रत्न राज्यलक्ष्मीको स्वकीय सचिबको हैसियतमा काम गरिरहेका छन्।

अर्का सचिब सौजन्य रञ्जितकार पूर्वराजाको ढुकुटी सचिबको रुपमा कार्यरत थिए, अहिले पनि उनी दरवारमा रहेको सुन, चाँदीलगायतको सम्पत्ति रहेको ढुकुटी हेर्ने जिम्मामा रहेको समाचार आजको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।