१ कार्तिक २०८३, शनिबार

विहे नै नभएकालाई श्रीमती पोइल गएको प्रश्न !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Student Panishकाठमाडौ, २० मंसिर । परीक्षामा सोधिने प्रश्नले विद्यार्थीको मनोभावमा ठेस पुर्‍याउनुहुन्न। यो, शैक्षिक मान्यता नै हो, तर निजी तथा आवासीय विद्यालय अर्गनाइजेशनले कक्षा १०का विद्यार्थीका लागि तयार गरेको प्रश्नपत्रमा मनोभावमा मात्रै ठेस पुर्‍याएन, छात्रलाई मात्र सम्बोधन गरेर प्रश्न सोधिएको छ।

‘आफू धन कमाएर घर फर्किँदा आफ्नी श्रीमती पोइल गएपछि आफ्ना मनमा उठेका भावहरू समेटी एक मनोवाद लेख्नुहोस्’ एसएलसी पूर्वयोग्यता परीक्षा ०७१ अन्र्तगत शुक्रवार नेपाली विषयको प्रश्नपत्रमा सोधिएको एक प्रश्न हो यो। यो समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘कक्षा १०मा अध्ययन गर्ने छात्राले यसबारेमा कस्तो मनोभाव लेख्लिन् रु यस्तो नकारात्मक भाव फैलाउने प्रश्न गरेर शिक्षकले कस्तो मनोभाव बुझ्न खोजेको होरु शिक्षाविद् डा।सुसन आचार्य भन्छिन् ‘प्रश्नकर्ता शिक्षकको मनोभाव यसैबाट प्रष्ट हुन्छ।’