काठमाडौं, २० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘हाई प्रोफाइल’ (उच्च पदस्थ) व्यक्तिहरूको रकम बैंक खातामै नपुगी गायब हुने गरेको रहस्य खोलेका छन्।
अख्तियारमाथि निम्न र मध्यम वर्गीय व्यक्तिहरूमाथि मात्र अनुसन्धान गरिरहेको आरोप लागिरहेका बेला प्रमुख आयुक्त, कार्कीले उच्च पदस्थहरूको बैंक खातामा ५ सयदेखि १ हजार रुपैयाँ मात्र हुने गरेको रहस्य खोलका हुन्।
हाई प्रोफाइलका एक हजार जनाको सम्पत्ति छानबिनका क्रममा नयाँ तथ्य सार्वजनिक भएको बताउँदै उनले ससुरालीको खातामा पनि नदेखिनुले थप रहस्य देखिएको र यो अख्तियारका लागि सबैभन्दा बढी चुनौती भएको बताएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।















प्रतिक्रिया