काठमाडौं, २० मंसिर । समयमा संविधान जारी भएर राजनीतिक अवस्था सुधार भएमा केही महिना पछि चिनियाँ राष्ट्रपति सि जिङ पिङले नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् ।
राष्ट्रपतिको भ्रमण तय गर्न उनका विदेशमन्त्री वाङ यी पुस दोस्रो साता काठमाडौ आउने भएका छन् ।
नेपालका लागि चिनियाँ राजदूत उ छुन्थायी बेइजिङ पुगेर फर्के लगत्तै परराष्ट्रका कामु सचिव शंकरदास बैरागीलाई भेटेर यस्तो जानकारी गराएका हुन् ।
नेपाल चीन दुईपक्षीय सम्वन्ध, तिब्बती शरणार्थीको विषयलाई लिएर पश्चिमाको चलखेल लगायत विषयमा समेत बैरागीसंग विहिबार राजदूत पिङले छलफल गरेको परराष्ट्रका एक अधिकारीले बताएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
नेपाल चीन कूटनीतिक सम्वन्ध स्थापना भएको ६० औं बर्षगाँठलाई कसरी विशेष बनाउने भन्नेमा पनि छलफल भएको उनले जनाए ।
वाङले यहाँको राजनीतिक अवस्थाबारे जानकारी लिनेछन ।
उनको बुझाईको आधारमा नै सि जिङपिङको भ्रमण हुनेरनहुने तय हुनेछ ।
उनले यहाँ रहदा राष्ट्रपति रामबरण यादब, प्रधानमन्त्ती सुशील कोइराला, दलका शिर्ष नेताहरु तथा मन्त्रीहरुासंग छुट्टाछुट्टै भेट्ने छन् ।
तीन दिने बसाईमा उनी सम्भव भएसम्म पोखरा समेत जानेछन् ।
चीनले पोखरा र गोन्जाओलाई सिष्टर सिटीका रुपमा विस्तार र विकास गर्न चाहेको छ ।
चीनले पोखरामा बाणिज्य दूतावास खोजेको छ भने नेपालले गोन्जाओमा स्थापना गर्ने तय भएको बाणिज्य दूतावासको स्विकृत चीनबाट अझैसम्म पनि टुंगोमा पुग्न सकेको छैन् ।
सुशील कोइराला प्रधानमन्त्री भएपछि उत्तरी छिमेकबाट हुनलागेको उच्चस्तरको भ्रमणलाई सरकारले महत्व दिएको छ ।
‘आउने भन्ने सुनेको छु, तर कहिले के कसरी भन्नेबारे गृहकार्य भइरहेको होला’, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले भने, ‘नेपालमा अब हुने उच्चस्तरका धेरै भ्रमणहरु पाइपलाइनमा छन् ।’















प्रतिक्रिया